२३ बैशाख २०८१, आइतबार

ओली प्रवृत्ति जसरी अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देउवा नेतृत्वको सरकारले दल विभाजनसम्वन्धी अध्यादेश ल्याएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिकै निरन्तरता भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै उनले अध्यादेश ल्याएर ओली गएपनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताएका छन् ।उनले गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस् भनेर स्पष्ट पारेका छन् ।

सत्ता गठबन्धनकै शीर्ष नेता भट्टराईले जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएकोले अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको आरोप समेत लगाएका छन् ।

उनले लेखेका छन्, ‘ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो । जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !