१४ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा भीम रावल सहभागी नहुने


केपी शर्मा ओली र भीम रावल

नेकपा एमालेका नेता भीम रावल आज बोलाईएको केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् ।

एमाले विभाजन गर्न लागिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठकमा बोलाएका छन् । ओलीले आज बोलाएका दुवै बैठकमा रावल सहभागी नहुने स्रोतले बतायो ।

यद्धपी रावललगायत एकता पक्षधर नेताहरुकै आग्रहमा अध्यष ओलीले एकता आह्वान गर्दै हिजो वक्तव्य निकालेको नेताहरुले बताएका छन् । रावलले आफूहरु पार्टी एकताको पक्षमा रहेको भन्दै एकताको लागि सबैले गम्भीर कदम चाल्नुपर्ने बताएका छन् ।

उनले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै माधव नेपालले पार्टी विभाजन गरे आफ्नो साथ नरहने पनि स्पष्ट पारे । पछिल्लो समय रावल अध्यक्ष ओलीसँग निकट भएका छन् । उनले माधव नेपाल पक्षबाट कार्यदलमा संयोजक भएर काम गरेका थिए ।

एकताको लागि कार्यदलले निकै मेहनत गरेर दश बुँदे प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन अध्यक्ष ओलीले स्वागत गरेको तर नेता नेपालले भने नस्विकारेकोमा रावले रुष्ट छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !