१८ बैशाख २०८१, मंगलबार

५ नम्बर प्रदेशमा मन्त्रिमण्डल बिस्तार हुँदै


Pradesh-5-sabha

५ चैत, वुटवल । ५ नम्बर प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ ।

मुख्यमन्त्री सहित अन्य २ गरि ३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको १ महिनापछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।

मुख्यमन्त्री कार्यलयका अनुसार आज४ वजे मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

एमाले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो ।

गिरी उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन भने पौडेललाई भूमि तथा ब्यवस्था मन्त्रालयको जिम्मेवारी दिईने तयारी भएको छ ।

यस्तै माओवादी केन्द्रका अनुसार सुदर्शन बराल सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ वाट निर्वाचित सांसद् हुन् । यस्तै बराल गुल्मी १ ‘क’ वाट निर्वाचित सासंद हुन ।

यसअघि फागुन ३ गते मुख्यमन्त्री सहित ३ जनाको मन्त्रिमण्डल गठन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !