१२ आश्विन २०८१, शनिबार

प्रचण्डद्वारा पुस ११ गते देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ गते देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सो अवधिमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरेका हुन् ।

स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकेपछि पुस ११ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव राखेका हुन् । जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् ।

भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मंसीर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव राखेका हुन् ।

यो पनि पढ्नुहोस्

सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !