७ बैशाख २०८१, शुक्रबार

सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी रहेको छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी रहेको हो । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठानिक प्रतिवेदन पेश गर्नेछन् । यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।

बैठकमा पेश हुने साथै पार्टीको सांगठानिक संरचना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादीका एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !