५ जेष्ठ २०८१, शनिबार

हावादारी कार्यक्रम ल्याउने सरकारबाट स्थानीय चुनाव सम्भव छैन:विमलेन्द्र निधि


Bimalendra-Nidhi

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विमलेन्द्र निधिले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई ‘हावादारी’ भनेका छन्।

निधिले पुराना कार्यक्रमलाई निरन्तरता दिएको भन्दै कतिपय गिरिजाप्रसाद कोइरालाका पालामा आएका कार्यक्रम दोहोर्‍याएर ‘नयाँपन’ दिन खोजिएको बताए।

‘देशभर दुई लेनको सडक बनाउने सहितका कार्यक्रम त म मन्त्री भएका बखत नै सुरु भएका कार्यक्रम हुन्,’ उनले भने, ‘रेल-वे स्थापनाका लागि बनाइएका कार्यक्रमहरु पनि नयाँ होइनन्।’

स्थानीय चुनाव सरकारले तोकेको मितिमा सम्भव नहुने निधिको दाबी छ। ‘एकातिर संविधान कार्यान्वयनको चुनौती छ, अर्कातिर राजनीतिक सहमति भइराखेको छैन,’ उनले भने, ‘सरकारको एकतर्फी घोषणाले मात्रै हुँदैन।’

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरेकी थिइन्। २०७३ साल मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजना छ।

सरकारको एक परिवार एक रोजगारी, हरेक क्षेत्रमा खेलमैदान लगायतका कार्यक्रम कार्वान्वयनका लागि नभएर हावादारी मात्र भएको निधिको आरोप छ। ‘संविधान र संघीयता कार्यान्वयनको बहसलाई अगाडि बढाउनुपर्ने बेला पूरै नहुने खालका कार्यक्रम ल्याइएको छ,’ उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !