२१ बैशाख २०८१, शुक्रबार

खटाएको ठाउँमा काम गर्न नसक्ने कर्मचारीहरुले राजीनामा दिए हुन्छ : मन्त्री पण्डित


lalbabu pandit

५ चैत, काठमाण्डौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् ।

देशका लागि काम गर्छु भनेर सपथ खाएका कर्मचारीले सरकारले खटाए अनुसारको काम गर्नु अनिवार्य भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले सपथ खाँदा व्यक्त गरेका प्रतिवद्धता विर्सन खोज्ने कर्मचारीहरुलाई सम्झाउने अभियानमा आफू लागेको बताए ।

“स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, तीनै ठाउँमा राष्ट्रसेवकहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न सरकारले आग्रह गरेको छ । सरकारको आग्रह मान्नुपर्छ ।” पण्डितले भने ।

“खटाइएको कर्मचारी कर्मचारी खटाएको ठाउँमा जानैपर्छ । रवाना लिएर नगएको खण्डमा दुई–तीन दिनभित्र हाजिर रोक्का गर्छु ।

प्रयोग गरेका सबै सुविधा रोक्का गर्छु । होइन भने उहाँहरुलाई सिधै घर पठाउँछु । त्यस्ता कर्मचारीलाई थप सुविधा दिन सकिदैन ।”

“राष्ट्रको सेवा गर्न नसक्नेहरु राष्ट्रसेवक हुन सक्दैन । काम गर्न सक्दिन भन्नेहरु राजिनामा दिएर गए हुन्छ । राजिनामा दिएपछि पाउने सुविधा पाउनुहुन्छ । होइन भने खटाइएको ठाउँमा काम गर्नुपर्छ । यसको विकल्प छैन ।” उनको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु