६ बैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेशका नवनियुक्त ६ मन्त्रीले पनि लिए सपथ


लुम्बिनी प्रदेशका नवनियुक्त ६ मन्त्रीले पनि लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ६ मन्त्रीले पनि शपथ लिएका छन् । आज बिहीबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ६ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

लुम्बिनीमा जसपाका तीनैजना सांसद र स्वतन्त्र १ जना सांसदलाई पनि चिठ्ठा परेर मन्त्री बनेका छन् । मुख्यमन्त्री केसीसहित माओवादीबाट २ जना, नेपाली कांग्रेसबाट १ जना, जनता समाजवादी पार्टी (जसपा) बाट ३ जना र १ जना स्वतन्त्र प्रदेश सांसद मन्त्री बनेका छन् ।

आज बिहीबार कांग्रेसको तर्फबाट डिल्ली चौधरी शहरी तथा ग्रामीण विकास मन्त्री बनेका छन् भने माओवादीबाट मुख्यमन्त्री केसीसहित कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही बिनाविभागीय मन्त्री बनेका छन् ।

३ प्रदेशसभा सदस्य रहेको जसपाका संसदीय दलका नेता एवं कपिलवस्तुका सहसराम यादव भौतिक पूर्वाधारमन्त्री, बर्दियाकी सुमन शर्मा रायमाझी बिनाविभागीय मन्त्री र जसपाकै पाल्पाकी पुर्मती ढेंगा पनि बिनाबिभागीय मन्त्री बनेकी छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

लुम्बिनीमा *७ सदस्यीय मन्त्रिमण्डल बन्दै, जसपाका तीनैजना र स्वतन्त्र सांसदलाई चिठ्ठा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !