८ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


कुलप्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहिबार लुम्बिनीको मुख्यमन्त्रीमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित केसीले दाबी प्रस्तुत गरेका थिए । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आज बिहीबार दिउँसो ३ बजेसम्म दिएको समयभित्र विपक्षी गठबन्धनले माओवादीतर्फवाट केसीको दावी पेश गरेको थियो ।

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट हिजो राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दावी पेश गरेको थियो ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ४२ जनाको हस्ताक्षरसहित दाबी पेश गरिएको हो ।

गठबन्धनमा संलग्न प्रदेशसभा सदस्यले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । चार दलीय गठबन्धनसँग ४२ सांसद भएकोले आज केसी मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउने सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि अहिले माओवादी पछि काँग्रेसले सरकार चलाउने सहमति भएको हो ।

हाल विपक्षी गठबन्धनले माओवादीका नेता केसी मुख्यमन्त्री बन्नेछन् भने ८ महिना फागुनपछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

विशेष स्रोतका अनुसार लुम्विनी प्रदेशमा विपक्षी गठबन्धनले १० सदस्यीय मन्त्रिपरिषद् बनाउने गठबन्धनमा अनौपचारिक सहमति भएको छ । यदि १० सदस्यीय मन्त्रिपरिषद् बनेमा कांग्रेस-माओवादीले ३/३ वटा मन्त्रालय र अरु ४ मन्त्रालय गठबन्धनमा सहभागी दलले पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

माओवादीका कुलप्रसादको मात्रै लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश

लुम्बिनीमा विपक्षी गठबन्धनले आज बहुमतको नयाँ सरकारको दाबी पेश गर्दै

लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति : अहिले माओवादी, पछि काँग्रेस

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !