४ बैशाख २०८१, मंगलबार

लुम्बिनीमा *७ सदस्यीय मन्त्रिमण्डल, जसपाका तीनैजना र स्वतन्त्र सांसदलाई चिठ्ठा


कुलप्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री केसीले केही समयपछि उनले पद तथा गोपनीयताको शपथ लिँदैछन् । सपथग्रहणलगतै मुख्यमन्त्री केसीले लुम्बिनीमा *७ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् भने लुम्बिनीमा जसपाका तीनैजना सांसद र स्वतन्त्र १ जना सांसदलाई पनि चिठ्ठा परेर मन्त्री बन्दैछन ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार मुख्यमन्त्रीसहित माओवादीबाट २ जना, नेपाली कांग्रेसबाट १ जना, जनता समाजवादी पार्टी (जसपा) बाट ३ जना र १ जना स्वतन्त्र प्रदेश सांसद मन्त्री बन्दैछन् ।

उनका अनुसार आज बिहीबार कांग्रेसबाट डिल्ली चौधरी मन्त्री बन्न लागेका छन् भने माओवादीबाट मुख्यमन्त्री केसीसहित कृष्णध्वज खड्का मन्त्री बन्दैछन् । यस्तै स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही मन्त्री बन्न लागेका हुन् ।

३ प्रदेशसभा सदस्य रहेको जसपाका संसदीय दलका नेता एवं कपिलवस्तुका सहसराम यादव, बर्दियाकी सुमन शर्मा रायमाझी मन्त्री र जसपाकै पाल्पाकी पुर्मती ढेंगा पनि बिनाबिभागीय मन्त्री बन्नेछिन् ।

*स्वतन्त्र सांसद अजय शाही पनि मन्त्री बन्ने भएपछि ७ सदस्यीय मन्त्रिमण्डल हुने भएकोले सच्चाइएको – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !