१२ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र ६ मन्त्रीले लिए सपथ


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । आज बिहीबार लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ अनुरूप पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि दिउँसो ३ बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६ ८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

केसीले ४१ सदस्य रहेको नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । केसी रोल्पा १ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यस्तै लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गराएका हुन् ।

लुम्बिनीमा जसपाका तीनैजना सांसद र स्वतन्त्र १ जना सांसदलाई पनि चिठ्ठा परेर मन्त्री बनेका छन् । मुख्यमन्त्री केसीसहित माओवादीबाट २ जना, नेपाली कांग्रेसबाट १ जना, जनता समाजवादी पार्टी (जसपा) बाट ३ जना र १ जना स्वतन्त्र प्रदेश सांसद मन्त्री बनेका छन् ।

आज बिहीबार कांग्रेसको तर्फबाट डिल्ली चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री बनेका छन् भने माओवादीबाट मुख्यमन्त्री केसीसहित कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यस्तै स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही बिनाविभागीय मन्त्री बनेका छन् ।

३ प्रदेशसभा सदस्य रहेको जसपाका संसदीय दलका नेता एवं कपिलवस्तुका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री, बर्दियाकी सुमन शर्मा रायमाझी बिनाविभागीय मन्त्री र जसपाकै पाल्पाकी पुर्मती ढेङ्गा पनि बिनाबिभागीय मन्त्री बनेकी छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा *७ सदस्यीय मन्त्रिमण्डल बन्दै, जसपाका तीनैजना र स्वतन्त्र सांसदलाई चिठ्ठा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु