१२ असार २०८१, बुधबार

यस्तो छ संयुक्त सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)


सत्तारुढ गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक भएको छ ।

उक्त साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको ७ सदस्यीय कार्यदलले आज दिउँसो सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलमा खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव तथा कार्यदलका सदस्यसचिव केशवराज जोशी रहेका छन् ।

७ सदस्यीय कार्यदलले तयार परेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा बोल्दै खड्काले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने घोषणा गरेका छन् ।

यस्तै खड्काले नेपालमै कोरोना खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गरिने बताए । साथै सरकारको नीति तथा कार्यक्रममा आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तो छ न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

यो पनि पढ्नुहोस्

नेपालमै कोरोना खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गरिने

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी कारबाही गर्ने घोषणा

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !