४ असार २०८१, सोमबार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी कारबाही गर्ने घोषणा


सत्तारुढ गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक भएको छ ।

उक्त न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको ७ सदस्यीय कार्यदलले तयार परेको संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा बोल्दै खड्काले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने घोषणा गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएको भनिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरिएको हो । कोरोना महामारी फैलिँदै गर्दा तत्कालीन ओली सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता भएको दाबी गरिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !