१२ बैशाख २०८१, बुधबार

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक


जलाशययुक्त आयोजना

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक भएको छ ।

उक्त न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको ७ सदस्यीय कार्यदलले आज दिउँसो सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यदलमा खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव तथा कार्यदलका सदस्यसचिव केशवराज जोशी रहेका छन् ।

कार्यदलले दुई दिनअघि नै प्रधानमन्त्री  देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई हस्तान्तरण गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !