९ जेष्ठ २०८१, बुधबार

ओली एकताको पक्षमा उभिनुपर्ने नेपाल पक्षीय स्थायी कमिटी बैठकको निष्कर्ष


माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल पक्षकोको स्थायी कमिटी बैठक सकिएको छ। उक्त बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ।

सोही प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा राखेर अनुमोदन गर्दै पार्टी एकताका प्राविधिक कुरामा छलफल हुने एक नेताले जानकारी दिए । कार्यदलको १० बुँदे प्रस्ताव नै एकताको आधार भएका कारणले त्यसैमा टेकेर एकता हुने एक नेताले बताए।

अहिले सरकारमा जाने कुरा सम्भव नभएको र एउटै पार्टी प्रतिपक्षमा र सरकारमा पनि हुने कुरा नआउने एक नेताले बताए।

नेपाल समुहको बैठकले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर गरेको छ ।

नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले सो ठहर गर्दै आफ्नो तर्फबाट एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए ।

उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ ।

‘हामी पार्टी एकताका लागि गम्भीर र संवेदनशील छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ’, उनले भने, ‘केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’

उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता गर्न सकिने स्पष्ट गर्दै दुबै पक्षमा त्यसमा केही विमति भए छलफलबाट समाधान निकाल्न सकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !