१५ बैशाख २०८१, शनिबार

लुम्बिनी प्रदेशकी सांसद विमला ओली दोहोरो चरित्र, फेरि फर्किन माओवादीमै


बिमला वली फाइल फोटो

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला वली फेरि आफू माओवादी केन्द्रमै फर्किएको बताएकी छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई म्यासेज गरी आफू माओवादीमै रहेको उनले स्पष्ट परेकी हुन् ।

लगभग हप्तादेखि ‘सम्पर्कविहीन’ भनिएकी वली बुधबार प्रदेश सभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । उनले आफूलाई एमालेका सांसदहरूको निगरानीमा राखेको बताउदै केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने समेत बताएकी छन् ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री रहेको एमालेको सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने माओवादीले आशंका गरेको थियो ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको थियो । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

दाङ ३ (ख) बाट निर्वाचित सांसद विमला बेपत्ता भएको भन्दै उनी आवद्ध माओवादी केन्द्रले खोजी थालेपछि केहि दिनअघि मात्र उनी दाङ प्रहरी प्रमुख सुरेश काफ्लेको सम्पर्कमा आएकी थिइन् । एसपी काफ्लेले सांसद विमला आफ्नो सम्पर्कमा भएको दावी गरेका थिए ।

विमलाले बिरामी भएकाले कसैको फोन नउठाएको बताएको एसपी काफ्लेले बताएका थिए । माओवादी केन्द्रले भने आफ्नो पार्टीका नेतासँग विमला सम्पर्कविहीन भएको भन्दै खोजी गरिरहेको थियो ।

गत सोमबार वली आफू नेकपा एमालेमै फर्किएकी बताएकी थिइन् । एक विज्ञाप्ति जारी गर्दै आफू सूर्य चिह्नबाट निर्वाचित भएकाले एमालेमै फर्किएको उनले बताएकी थिइन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी वाली सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी विभाज भएपछि उनी माओवादी केन्द्रतिर लागेकी थिइन् । तर गत सोमबार आफू एमाले नै रहेको बताएकी थिइन् ।

लुम्बिनी प्रदेशकी सांसद ओलीले कहिले आफूलाई माओवादीकी सांसद भन्ने गरेकी छन् भने कहिले एमालेमै फर्किएको बताउने गरेकी छन् । यस्तो दोहोरो चरित्र देखाउनेलाई प्रदेशसभाको सांसद बनाउनाले संसदको निष्ठा र गरिमालाई घटाएको छ । आम नागरिकले आफूलाई के भन्लान् भन्ने हेक्का र अडान नभएका यस्ता सांसदको दल परिवर्तनले मतदाताहरु वाक्कदिक्क भएका छन् ।

यो पनि पढ्नुहोस्

माओवादीको सम्पर्क बाहिर भएकी सांसद विमला वली आइन् दाङका प्रहरीको सम्पर्कमा

माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली एकाएक ‘सम्पर्कविहीन’

विमला वली माओबादी केन्द्रमा प्रवेश गरेपछि बास्कोटा यतिसम्म छटपटिए

ओली जस्तो नेता ठिक लागेन, त्यसैले मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : विमला वली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !