७ बैशाख २०८१, शुक्रबार

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा सहभागिता बारेमा छलफल हुने


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समितिको बैठक आज मंगलबार दिउसो २ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा आगामी रणनीति, पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने भएको हो ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गरेको थियो । जसपा नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् ।

संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेकोले सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रक्रिया शुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने लगभग निश्चित जस्तै देखिएको छ ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंग्याएएर यादव पक्षलाई आधिकारिकता दिदै ठाकुर पक्षलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ ।

यो पनि पढ्नुहोस्

निर्वाचन आयोगद्वारा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

जसपा विवाद : यादव पक्षको बहुमत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !