२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुुःख व्यक्त गर्नुभएको छ ।

सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको
उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत हुनुहुन्थ्यो । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएका स्व घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !