७ बैशाख २०८१, शुक्रबार

आज पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइँदै


पुष्पलाल श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । श्रेष्ठको स्मृति दिवसको अवसरमा आज कम्युनिस्टहरुले विभिन्न कार्याक्रम गरि देशभर मनाउँदै छन् ।

नेकपा एमालेले स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने भएका छन् ।

नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको जन्म विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । उनले विश्व कम्युनिस्ट घोषणा पत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !