१२ जेष्ठ २०८१, शनिबार

देउवा पहिला श्री ५ वाट र अहिले श्रीमान् ५ वाट प्रधानमन्त्री नियुक्त भएका हुन् : प्रदिप ज्ञवाली


प्रदीप ज्ञवाली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचीव समेत रहेका सांसद प्रदिप ज्ञवालीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पहिला श्री ५ र अहिले श्रीमान् ५ वाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् ।

दोस्रो पटक पुन:स्थापित प्रतिनिधिसभाको बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवालाई विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिंदै उनले प्रधानमन्त्री देउवा पहिला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाशनकालमा २०६१ सालमा श्री ५ नियुक्ति भएको स्मरण गरेका हुन् ।

यस्तै अहिले प्रधानमन्त्री देउवा सर्वोच्च अदालतका ५ जना न्यायधिशहरुको परमादेशवाट नियुक्त भएको भन्दै कटाक्ष गरेका हुन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि बसेको बैठक जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !