९ जेष्ठ २०८१, बुधबार

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : बामदेव गौतम


वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको दावी गरेका छन् ।

उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !