१२ बैशाख २०८१, बुधबार

एमाले संसदीय दलको बैठकमा पनि नेपाल समूह अनुपस्थित


एमाले संसदीय दल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक भट्टराईले बताए ।

सत्तबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !