१२ बैशाख २०८१, बुधबार

अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेर दिए बधाई


प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरी

काठमाडौँ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् । देउवालाई भेट्न राजदूत बेरी आज बिहीबार बुढानीलकण्ठस्थित निवास पुगेका थिए ।

यसअघि राजदूत बेरीले देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन सामाजिक सन्जाल ट्वीटरमार्फत् बधाई दिएका थिए । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् ।

छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । बेरीसँगको भेटपछि देउवाले ट्वीटरमा आफ्नो नयाँ कार्यकालमा नेपाल र अमेरिका बीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !