१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण


प्रधानमन्त्री देउवाद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनले हिजो पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रधानमन्त्री देउवा सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री देउवालाई मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्याल, कृष्णहरि पुस्कर लगायत कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरू पनि सिंहदरबार पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !