१३ बैशाख २०८१, बिहिबार

अन्तत: राष्ट्रपति कार्यालयले सच्चायो विज्ञप्ति, देउवाले लिए सपथ


अन्तत: राष्ट्रपति कार्यालयले सच्चायो विज्ञप्ति, देउवाले लिए सपथ

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति नसच्चाएसम्म सपथ नलिने अडान लिएर अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्चाएपछि देउवाले सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ति सच्चाउदै संविधानको धारा उल्लेख गरेर पुन: विज्ञप्ति निकालेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिने अडान लिएका थिए ।

देउवाले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका हुन् । देउवाले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिने भएपछि सपथग्रहण केहि ढिलो भएको थियो ।

राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् । मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको थियो ।

कानुनविद्हरुले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिन सल्लाह दिएपछि देउवाले राष्ट्रपतिलाई संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गर्न आग्रह गरेका थिए ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको थिएन ।

देउवाले गत जेठ ७ गते संविधानाको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदको हस्ताक्षरसहतिमा राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । संवैधानिक इजलासको फैसलाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अन्तत: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ

यो पनि पढ्नुहोस्

राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्चाएसम्म सपथ नलिने प्रधानमन्त्री देउवाको अडान

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा सपथ लिन अस्वीकार !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु