८ बैशाख २०८१, शनिबार

राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्चाएसम्म सपथ नलिने प्रधानमन्त्री देउवाको अडान


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ति नसच्चाएसम्म सपथ नलिने प्रधानमन्त्री देउवाको अडान लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिने अडान लिएका हुन् ।

देउवाले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका हुन् । देउवाले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिने भएपछि सपथग्रहण केहि ढिलो हुने भएको छ ।

राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख नगरेको भन्दै कानुनविद्हरुले आपत्ति जनाएका छन् ।

मंगलबार अपराह्न राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ विज्ञप्ति जारी गरेको छ । कानुनविद्हरुले संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गरेपछि मात्र सपथ लिन सल्लाह दिएपछि देउवाले राष्ट्रपतिलाई संविधानको धारा उल्लेख गरेर प्रेस विज्ञप्ति जारी गर्न आग्रह गरेका हुन् ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको छैन ।

देउवाले गत जेठ ७ गते संविधानाको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदको हस्ताक्षरसहतिमा राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । संवैधानिक इजलासको फैसलाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !