२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति चयनका लागि मतदान सुरू


matadan

२९ फागुन, काठमाण्डौ । राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८८० जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन् ।

राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएकाले कुल ८८४ जना मतदातामध्ये ८८० जना मात्रै सहभागी हुन लागेका हुन् ।

राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !