५ जेष्ठ २०८१, शनिबार

सुवास नेम्वाङले ओलीको नाम लिएपछि नेपालले गरे छलफल नै बन्द


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको सन्देश दिन बरिष्ठ नेता माधव नेपाल पक्षलाई संयुक्त वक्तव्य निकाल्न आग्रह गरेका छन् । आइतबार ओली समूहका नेताहरुले नेता नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेको हो ।

ओली समूहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलले नेता नेपाललाई यस्तो प्रस्ताव गरेका हुन् । उनीहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

उक्त प्रस्ताव सुनेपछि नेता नेपालले कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।

नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए ।

भेटमा ओली पक्षका नेताहरुले ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् । नेता नेपाल त्यसमा तयार देखिएका छन् । दुबै पक्षका नेताहरुको कार्यदललाई वक्तव्यको मस्यौदा बनाएर ल्याउन उनले आग्रह समेत गरेका छन् ।

तर ओली पक्षका नेताहरुले भने कार्यदल त निश्क्रिय रहेको जवाफ दिएको स्रोतले बताएको छ । उनीहरुले कार्यदल ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए ।

उपमहासचिव भुसाल पनि कार्यदल ब्यूँताउने प्रयोजनका लागि भेट्न नेता नेपाललाई आग्रह गरेका थिए । तर ओली पक्षका नेताहरुले कार्यदल ब्यूँताउने विषयमा अध्यक्ष ओलीसँग परामर्श गर्नुपर्ने बताएपछि थप कुराकानी हुन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !