४ जेष्ठ २०८१, शुक्रबार

झोक्किँदै प्रधानन्यायाधीशले सभामुखका वकिललाई भने- विषयमा आउनुस्, किन हाउसको कुरा ल्याउनुहुन्छ ?


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाका कानुन व्यवसायीले विषयभन्दा बहस बाहिर गएर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किँएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्रीकृष्ण सुवेदीले विषयभन्दा बाहिर गएर बहस गरेको भन्दै प्रधानन्यायाधीश राणा झोक्किँएका हुन् ।

सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभालाई असहयोग गरेको बताएका थिए । उनले प्रतिनिधिसभा विघटन गर्दा सभामुखसँग सल्लाह गर्नुपर्थ्यो तर कुनै सल्लाह नगरी विघटन गरिएको बताएका थिए ।

बहस गर्दै सुवेदीले भने, ‘प्रतिनिधिसभा विघटन गर्दा सभामुखसँग सल्लाह गर्नुपर्थ्यो । तर कुनै सल्लाह नगरी विघटन गरियो । पहिलो पटक गरिएको विघटन बदरपछि प्रधानमन्त्रीले पटक-पटक हाउसले असहयोग गर्‍यो भन्नुभयो । तर प्रधानमन्त्री नै हाउसमा एक पटक पनि उपस्थित हुनुभएन । ९ पटकको बैठकमा उहाँ उपस्थित हुनुभएन ।’

सुवेदीको सो कुरा सुनेपछि प्रधानन्यायाधीश राणा विषयभन्दा बहस बाहिर गयो भन्दै झोक्किँएका हुन् । प्रधानन्यायाधीशले झर्कदै भने, ‘विषयमा आउनुस् । किन हाउसको कुरा ल्याउनुहुन्छ ?’ । जवाफमा सुवेदीले भने, ‘पुनःस्थापना भएको संसद्लाई असहयोग गरेको विषय भनेको हो श्रीमान ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा चलिरहेको बहस जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !