२० बैशाख २०८१, बिहिबार

माधव नेपाल समूह विनानै ​एमालेले एकपछि अर्को गर्यो अर्को यतिठुलो निर्णय


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा आज महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

​एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एक नेताका अनुसार बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

स्रोतका अनुसार बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गरेर साउन ५ भित्र केन्द्रमा पठाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

एक नेताका अनुसार महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् । बैठकमा पनि माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्ष भने अनुपस्थित छ ।

निबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !