१८ बैशाख २०८१, मंगलबार

भ्रममा नपरौ, ओलीले आज बोलाएको बैठक गुटको बैठक : रामकुमारी झाँक्री


रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक भएको बताएकी छन्। नेतृ झाँक्रीले हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी नहुने बताएकी छन्।

उनले हिजो बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको समेत बताएकी छन् । “भ्रममा नपरौ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।”, नेतृ झाँक्रीले भनेकी छन्।

नेतृ झाँक्रीले सामाजिक संजालमा लेखेकी छन्, “भ्रममा नपरौ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !