२४ बैशाख २०८१, सोमबार

ओलीको अभिव्यक्तिपछि देउवाको प्रश्न : छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?


शेरबहादुर देउवा, केपी शर्मा ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छुद्र भाषा प्रयोग गरेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनमा बुद्धिजीवीसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरेका छन् ।

सभापति देउवाले अरूको सम्मान गर्न नसक्ने व्यक्तिले देश चलाउन नसक्ने दावी गरे । “रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?,” देउवाले प्रश्न गर्दै भने ।

प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छोडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !