८ बैशाख २०८१, शनिबार

देउवालाई नेपालले भने- ओलीले गल्ती सुधारेर आए स्वागत गर्नुपर्छ है शेरबहादुरजी


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सुधारेर आए ठाउँ दिन सकिने बताएका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका हुन् ।

ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजी?,’ देउवातिर हेर्दै उनले भने । उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग आज दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगकाे अन्तक्रिर्यामा बोल्दै उनले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताउदै ओली दक्षिणपन्थी बाटोमा रहेको समेत स्पष्ट पारे ।

उनले भने, ‘ओलीले मलाई कारवाही नै गरेका छन् त यो कौन पुछे खेसरीका दालजस्तो हो। देश र जनताभन्दा माथि अरू कोही हुन सक्दैन।’ ‘ओलीको अहंकारले यो सबै भइरहेको छ ।

उनले ओलीले कोर्स करेक्सन गर्नुपर्ने बताएका हुन् । उनले प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने पनि बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !