२१ बैशाख २०८१, शुक्रबार

के को आन्दोलन यो महामारीको बीचमा ? नाटकी हो : शान्ता चौधरी


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले विपक्षी गठबन्धनको सडक आन्दोलनको घोषणा हेर्दा देश अब चुनाबमा गएको बुझ्न सकिने बताएकी छन् । नेतृ चौधरीले आन्दोलन चर्काउन पाए एमाले भित्रको बिबाद झन् बढेर जाने र एमाले फुट्ने कुरा निश्चित हुने देउबा प्रचण्डको आंकलन रहेको बताएकी छन् ।

प्रचण्डले आफ्ना कार्यकर्तालाई चुनाबको लागि तताई राख्न अब आन्दोलनको सहायता लिने टुंगोमा महागठबन्धन पुगेको नेतृ चौधरीको आरोप छ । नेतृ चौधरीले चुनाब गराएर जितेर आएर सत्ता ‘कब्जा’ गर्न आग्रह गरेकी छन् ।

उनले सामाजिक संजालमा लेखेकी छन्, “विपक्षी गठबन्धनको सडक आन्दोलनको घोषणा हेर्दा देश अब चुनाबमा गएको बुझ्न सकिन्छ । आन्दोलन चर्काउन पाए एमाले भित्रको बिबाद झन् बढेर जाने र एमाले फुट्ने कुरा निश्चित हुने देउबा प्रचण्ड को आंकलन अनि आफ्ना कार्यकर्तालाइ चुनाबको लागि तताई राख्न अब आन्दोलनको सहायता लिने टुंगोमा महागठबन्धन पुगेको होला। चुनाब गराएर जितेर आएर सत्ता ‘कब्जा’ गरे भै गो नि, के को आन्दोलन यो महामारीको बीच मा? नाटकी हो !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !