२१ बैशाख २०८१, शुक्रबार

पूर्वराज्यमन्त्री विष्टको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त


शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको बताएका छन्।

सभापति देउवाले विष्टको निधनले पार्टीलाई अपूरणीय क्षति भएको र विष्टको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “~~हार्दिक श्रदाञ्जली~~
पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु।”

विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको स्रोतले बतायो ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु