१९ बैशाख २०८१, बुधबार

बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधारोन्मुख बनेको छ । पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।

स्रोतका अनुसार खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको छ । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई दिल्ली लानुअघि नर्भिक अस्पताल अक्सिजनको सपोर्टमा उपचार गरिएतापनि स्वास्थ्यमा उल्लेख सुधार आउन सकेको थिएन ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !