१४ बैशाख २०८१, शुक्रबार

उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । विपक्षी गठबन्धनका ५ दलका शीर्ष नेताहरुले प्राकृतिक विपत्तिवाट पिडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

आज बिहीबार दिउसो कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त प्रेस वक्तब्य जारी गर्दै उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।

उनीहरुले सरकारले प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैर जिम्मेवार देखिएको आरोप समेत लगाएका छन् । उनीहरुले प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका कार्यक्रम सहभागी हुन पार्टी कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

गठबन्धनले इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह पनि आग्रह गरेको छ ।

प्राकृतिक विपत्तिवाट पिडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !