२१ बैशाख २०८१, शुक्रबार

खोलाहरुले आफ्नो बहाब क्षेत्र खोज्दैछन् : नेतृ शान्ता चौधरी


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमाले नेतृ शान्ता चौधरीले खोलाको बहाबलाई मासेर मान्छेले आफ्नो बासस्थान बनाइदिएको बताएकी छन् । नेतृ चौधरीले ठुला-ठुला खोलाहरु कुलामा परिणत भएको बताएकी छन् । नेतृ चौधरीले अहिले तीनै खोलाहरुले आफ्नो बहाब क्षेत्र खोज्दै गरेको बताएकी हुन् ।

नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “खोलाको बाहाब लाई मासेर मान्छेले आफ्नो बासस्थान बनाइ दिए , ठुला ठुला खोलाहरु कुलामा परिणत भए , अहिले तीनै खोलाहरुले आफ्नो बाहाब क्षेत्र खोज्दैछन, बिकासको नाम बिनास गर्न पुग्यौं , पहाड चिर्यौं, रुख ढाल्यौं प्रत्येक घरमा बाटो पुर्‍यायौं भन्यौं खुशी भयौं , मख्ख पर्‍यौं । आज दु:खद परिणाम व्यहोर्न बिवश छौं । आजको कठिन परिस्थितिसँग सामना गरौं र सोच बदलौं । ईको सिस्टम बिग्रदा प्रकृति कति धेरै निर्मम बनिदिने रहेछ अब हाम्रो भुमिका बदल्न अनिवार्य छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !