२२ बैशाख २०८१, शनिबार

आयोगप्रति बाबुरामको कटाक्ष : दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्ने


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोगप्रति कटाक्ष गर्दै खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र अनुसार मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नु बिडम्वना भएको बताएका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमा आज बिहान लेख्दै उनले कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू र चोरलाई पनि मैले चोरेको हैन भनेर उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउने परिपाटी बस्ने आशंका व्यक्त गरेका छन् ।

उनले लेखेका छन्ख, ‘खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्र : कसैले चोर्यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू ! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी) ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू । मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू ! वाह !’

निर्वाचन आयोगले हिजो जसपाको दुबै पक्षको कारबाही कानुन अनुसार नभएको भन्दै दुबै पक्षले गरेको कारबाही अस्वीकार गरेर पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको थियो ।

जसपाका दुबै पक्षले एक अर्कालाई कारवाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनहरु उपर निर्वाचन आयोगले आइतबार फैसला सुनाएको थियो । आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएपछि बाबुरामको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु