१४ बैशाख २०८१, शुक्रबार

नागार्जुन दरवारको तत्काल पुननिर्माण गरियोस् : कमल थापा


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रिय सम्पतिको रुपमा रहेको ऐतिहासिक नागार्जुन दरवारको तत्काल पुननिर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्रको स्थायी बसोवासका निम्ति सरकारले सहमतिको आधारमा उपलव्ध गराएको नागार्जुन दरवार २०७२ सालको भूकम्प पछि ध्वस्त भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘राजा ज्ञानेन्द्रको स्थायी बसोवासका निम्ति सरकारले सहमतिको आधारमा उपलव्ध गराएको नागार्जुन दरवार २०७२ को भूकम्प पछि ध्वस्त भएको छ।उक्त राष्ट्रिय सम्पतिको तत्काल पुननिर्माण गरियोस्।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !