१२ बैशाख २०८१, बुधबार

गण्डकीमा मुख्यमन्त्री पदमुक्त भएलगत्तै देउवा निवासमा विपक्षी गठबन्धनको बैठक


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएलगत्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठकमा विपक्षी गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै र गण्डकीमा एमालेको सरकार ढलेलगत्तै विपक्षी गठबन्धनका शीर्ष नेताहरु नयाँ राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल गरेका हुन् ।

विपक्षी गठबन्धनको बैठकमा कांग्रेस सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निष्कासित नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

गण्डकी प्रदेशमा सरकारले विश्वासको मत नपाएको तथा सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !