८ बैशाख २०८१, शनिबार

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ । नवनियक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज बिहिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतलनिवासमा खगराज अधिकारीलाई गृहमन्त्री, राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री, नारदमुनि रानालाई वन तथा वातावरणमन्त्री, गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मोहन बानियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको रुपमा सपथ खुवाएकी छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ८० बमोजिम आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्रीको रुपमा सपथ खुवाएका हुन् ।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट १ जना मन्त्री बनाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज थपिएका नयाँ मन्त्रीहरुमा पूर्व माओवादी समूहवाट एमालेमा प्रवेश गरेका २ जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल कायम रहेको १७ सदस्यीय मन्त्रिपरिषद्मा ७ मन्त्री र १ जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।
मन्त्रिपरिषद्ले पायो पूर्णता : यस्तो बन्यो ओली नेतृत्वको सरकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !