२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच डेढ घण्टा छलफल


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा छलफल भएकाे शीतल निवास विशेष स्रोतले जानकारी दिएको छ ।

स्राेतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच हिजो ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको थियो । राष्ट्रपति कार्यालय स्रोतले यो भेटलाई नियमित भेट भनेको छ । भेटवार्ताको विषयमा भने अझसम्म खुलाइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !