१४ बैशाख २०८१, शुक्रबार

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए पार्टी एकता हुन्छ : रामकुमारी झाँक्री


रामकुमारी झाक्री File Photo

नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले केपी शर्मा ओलीसंग पार्टी एकता हुन नसक्ने बताएकी छन्। झाँक्रीले ओली प्रवृति धेरै समय नटिक्ने बताएकी छन्।

ओलीले मन्त्रिपरिषद विस्तारमा आफूलाई कुनै मन्त्रालय दिए पनि आफू मन्त्री बन्न नसक्ने बताएकी छन्।

प्राइम टेलिभिजनको जनता जान्न चाहान्छ कार्यक्रमा ऋषि धमलासंग कुरा गर्दै झाँक्रीले आफूलाई ओलीले प्रधानमन्त्री पद दिए पनि नबन्ने बताएकी छन्।

ओलीकै कारणले गर्दा आम नेपाली जनताले दु:ख पाएको बताएकी छन्। ओलीले संविधानविरुद्ध काम गर्दै आएको आरोप लगाएकी छन्।

ओली जस्ता अपराधी नेता कोहि नभएको बताएकी छन्। झाँक्रीले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए पार्टी एक हुने बताएकी छन्। ओलीले राजीनामा नदिए पार्टी एक हुन नसक्ने बताएकी छन्।

ओलीले राजीनामासंगै पार्टीको अध्यक्ष नबन्ने निर्णय लिए पार्टी एकता गर्न सक्ने बताएकी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !