२१ बैशाख २०८१, शुक्रबार

उपेन्द्र र महन्थ दुवैका पत्र निर्वाचन आयोगद्वारा खारेज


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई निष्कासन गर्दै दिएको जानकारीको प्रक्रिया नपुगेको प्रष्ट परेको छ ।

दुवै अध्यक्षले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगले जनाएको हो ।

एकले अर्कोलाई गरेको निष्कासको कारवाही पुष्टि गर्ने आधार नदेखिएकोले आधिकारिकता पुष्टि हुने कागजात पठाउन दुवै जनालाई आग्रह गरेको हो । आयोगले दुवै अध्यक्षलाई बुधबार पत्राचार गर्दै मंगलबार दुवै पक्षले पेस गरेका कारवाहीको वैधानिकता पुष्टि नहुने ठहर गरेको हो ।

ठाकुरले पठाएको पत्रमा कार्यकारिणी समिति बैठकको माइन्यूट नभएकोले त्यो समेत पठाउन भन्दै पत्र पठाइने उनले बताए । यादवको पत्रमा भने माइन्यूट रहेको आयोगले बताएको छ । आयोगको पत्र पुगेपछि उनीहरूले नियमावलीको अनुसूची अनुरुप पत्र पठाएपछि मात्रै प्रक्रियामा जाने आयोगले प्रष्ट परेको हो ।

यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र यादव, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए भने त्यसलाई ‘काउन्टर’ मा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !