२२ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगले ठाकुरसँग माग्यो केन्द्रीय पदाधिकारीको हस्ताक्षर


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग निर्वाचन आयोगले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनी निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले कारबाहीको निर्णयमा केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षर माग गर्दै पत्राचार गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !