२१ बैशाख २०८१, शुक्रबार

आयोगलाई उपेन्द्रको पत्र : ठाकुरसहित ४ नेताको नाम दर्ता किताबबाट हटाउन अनुरोध


निर्वाचन आयोग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहितका ४ जना नेतालाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहित, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णले पार्टी विधान विपरीत काम गरेकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको जनाएको छ ।

जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीवाट निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि जसपा औपचारिक रुपमा विभाजन भएको हो ।

आयोगलाई उपेन्द्रको पत्र : ठाकुरसहित ४ नेताको नाम जसपाको दर्ता किताबबाट हटाउन अनुरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !