६ जेष्ठ २०८१, आइतबार

पूर्वन्यायाधीश रायमाझीको धारणा : अधिवक्तालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन


कृष्णजंग रायमाझी

काठमाडाैँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नरहेको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा विभिन्न बहाना देखाएर कांग्रेस र माओवादी निकटका कानुन व्यवसायीले इजलाशको दुइ दिन समय खाइदिएपछि पूर्व न्यायाधीश रायमाझीले झगडियालाई मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार नै नहुने बताएका हुन् ।

कानुन व्यवसायीले प्रश्न उठाएका न्यायाधीशले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्न नहुने हो त भन्ने विषयमा रायमाझीले कानुन व्यवसायीले इजलासमा यो न्यायाधीश राख र त्यो नराख भन्न नमिल्ने बताए । रायमाझीले यो इजलासमा यो न्यायाधीश राख्न मिल्दैन भनेर प्रश्न गर्न नहुने बताए।

उनले भने, ‘नेकपा विवादको फैसला र अहिलेको फैसलाको कुनै सम्बन्ध छैन । नेकपा फुटको रिस न्यायाधीशमाथि पोख्ने होइन । मुद्दामा झगडियाले मलाई यो न्यायाधीश चाहिन्छ भन्ने अधिकार छैन । प्रधानन्यायाधीशलाई इजलासमा कुन न्यायाधीश राख्ने स्वविवेक अधिकार रहन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !