१४ जेष्ठ २०८१, सोमबार

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर


उज्वल थापा

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर रहेको पार्टी अध्यक्ष रबिन्द्र मिश्रले बताएका छन्। मिश्रले डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित भएको बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “उज्वल थापाको स्वास्थ अवस्थाबारे अपडेट: उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !