७ असार २०८१, शुक्रबार

संसद विघटनविरुद्ध नेपाल समूहका यी २३ सांसदले गरे हस्ताक्षर


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा नेकपा एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, मेटमणि चौधरी र झपट रावलले हस्ताक्षर रहेका छन् ।

विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !